• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार


  • धनकुटा खबर
  • .

सियोल, २ माघ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन्  ।

गत महिना अचानक ‘मार्शल ल’ लगाएर महाअभियोग भोगिरहेका युन सुक पक्राउ परेका हुन । 

भ्रष्टचार सबन्धी बिषयमा सोधपुछको लागि पक्राउ गरिएको भ्रष्टाचार विरोधी एजेन्सीले जनाएको छ ।

‘युनलाई बुधवार बिहान सोधपुछको लागि पक्राउ गरिएको छ, त्यसपछि उनलाइ अनुसन्धानकर्ताहरूले मोटरमा लिएर गएका थिए,’ उनले भने । 

दक्षिण कोरियामा राष्ट्रपति विरुद्ध पहिलो पटक यस्तो कारबाही गरिएको जनाइएको छ ।

 

युनलाई उनको छोटो अवधिको मार्शल ल घोषणासँग सम्बन्धित धेरै आपराधिक अनुसन्धानहरूमा सोधपुछको लागि लगिएको हो । ती आरोप प्रमाणित भएमा आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने छ । बुधवार दिउँसोसम्म यूनले अन्वेषकहरूको प्रश्न वा टिप्पणीको जवाफ दिन अस्वीकार गरिरहेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖