• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इजरायली हमलामा मारिए ४६ हजार ८९९ प्यालेस्टाइनी


  • धनकुटा खबर
  • .

गाजा, ६ माघ । हमास–इजरायल बिच आजबाट युद्बबिरामको कार्यान्वयन भएको छ ।

 
गत ८ अगस्त २०२३ देखी सुरू भएको युद्धमा ४६ हजार ८९९ प्यालेस्टाइनी मारिएको अन्तिम तथ्यांक सार्बजनिक भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले युद्बबिराम अघिसम्मको अन्तिम बिवरण सार्बजनिक गर्दै इजरायली आक्रमणबाट भएको दैनिक हताहतको अपडेट जारी राख्दै कुल संख्या सार्बजनिक गरेको हो ।

 

उसको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टाको रिपोर्टिंग अवधिलाइ समेत जोडेर युद्ध सुरु भएदेखि हालसम्म मारिएका व्यक्तिहरूको संख्या २३ ले बढेर ४६ हजार ८९९ पुगेको उल्लेख छ ।

 

बितेको २४ घन्टाको सोही अवधिमा अन्य ८३ जना घाइते भएका थिए छन भने युद्ब सुरू भए देखी १ लाख १० हजार ७२५ गम्भिर रूपमा घाइते भएको उसले जनाएको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖