• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दोहा उडिरहेको कतार एअरवेजको विमानमा जब अचानक महिला यात्रुको मृत्यु भयो…


  • धनकुटा खबर
  • .

अस्ट्रेलियाली दम्पती मिसेल रिङ र जेनिफर कोलिन कतार एअरवेजको विमानमा मेलबर्नबाट दोहातर्फ जाँदै थिए। उनीहरू बिदा मनाउन इटालीको सुन्दर मध्यकालीन सहर भेनिस जान निस्केका थिए।

उनीहरू सवार विमान दोहातर्फ उडिरहेको थियो। यसैबीच छेउमै रहेकी एक महिला यात्रु अचानक ढलिन्। चालक दलका सदस्य आएर उनलाई होसमा ल्याउने कोसिस गरे। तर उनको मृत्यु भइसकेको रहेछ।

यसपछि चालक दलका सदस्यले ती महिलाको शवलाई बिजनेस क्लासतर्फ लान खोजे। तर शव ठूलो र बाटो साँघुरो भएका कारण सफल भएनन्।

अस्ट्रेलियाली दम्पती रिङ र कोलिन बसेको छेउमा दुई सिट खाली थिए। यसपछि चालक दलका सदस्यले उनीहरूलाई त्यस खाली सिटमा बस्न अनुरोध गर्दै महिलाको शवलाई चाहिँ उनीहरूको बसेको सिटमा राखिदिए।

यसरी चार घण्टासम्म छेउमा शव राखेर विमानमा यात्रा गर्नु परेको रिङले सुनाए। जसलाई उनले जीवनकै खराब अनुभव भएको बताएका छन्।

रिङ दम्पतीले यो भयानक अनुभव अस्ट्रेलियाको च्यानल ९ सँग सेयर गरेका हुन्।

यसैबीच कतार एयरवेजले यस घटनाका लागि माफी मागेको र पीडित दुई यात्रुलाई सम्पर्क गर्ने प्रयास गरिरहेको बताएको छ।

तर दम्पतीले कतार एयरवेजले आफूहरूलाई अहिलेसम्म सम्पर्क नगरेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖