• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले मस्कको प्रशंसा गरेपछि तालीले गुन्जियो अमेरिकी संसद


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकार दक्षता विभागको नेतृत्व गरिरहेका एलन मस्कको प्रशंसा गरेका छन् ।

सम्बोधनका क्रममा ट्रम्पले मस्कका लागि यो गर्न आवश्यक नरहेको भन्दै अमेरिकी जनताको लागि उनले ठुलो काम गरिरहेको बताएका थिए । उनले मस्कको नेतृत्वमा करदाता डलरको स्पष्ट बर्बादीको अन्त्य गरिरहेको बताउदा उपस्थित सांसदहरु र अन्य अतिथिहरुले मस्कको सम्मानमा बजेको तालीले संसद गुन्जिएको थियो ।

ट्रम्पले मस्कको नाम उल्लेख गर्दा चेम्बरमा उपस्थित मस्कले उभिएर हात हल्लाउदै राष्ट्रपतिलाई सलाम गरेका थिए । ट्रम्पले भने- ‘मस्कलाई यसको आवश्यकता थिएन, धेरै धेरै धन्यवाद, हामी यसको कदर गर्छौं । मस्कको कामको डेमोक्रेटिक पार्टी पक्षले पनि प्रशंसा गर्छ, मलाई विश्वास छ, तिनीहरू त्यो स्वीकार गर्न चाहँदैनन् ।’

सम्बोधनको क्रममा ट्रम्पले मस्क नेतृत्वको दक्षता विभागले विभिन्न देशलाई दिइएको अनावश्यक सहयोगको सूची पढेर समेत सुनाएका थिए ।

ट्रम्पले आफ्नो सम्बोधनको क्रममा लगातार डेमोक्रेटिक पार्टीमाथि आक्रमण गरेका थिए । उनले आफ्नो प्रशासनले विभिन्न क्षेत्रमा कर कटौती गर्ने समेत घोषणा गरेका छन् ।
   

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖