• Monday 5th of October 2026

दुर्घटनामा परिन् ‘मेंने प्यार किया’ अभिनेत्री भाग्यश्री


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खानसँग ‘मेंने प्यार किया’ मा अभिनय गरेकी अभिनेत्री भाग्यश्रीको दुर्घटना भएको छ।

पिलकबल खेल्दा उनको टाउकोमा गहिरो घाउ लागेको हो। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनको टाउकोमा गहिरो चोट लागेपछि सर्जरी गरिएको छ। उनको टाउकोमा १३ टाका लगाइएको छ।
सामाजिक सञ्जालमा भाग्यश्रीको तस्बिर भाइरल भइरहेको छ। जसमा उनी अस्पतालको बेडमा सुतिरहेकी देख्न सकिन्छ।

तस्बिर सार्वजनिक भएपछि उनका फ्यानहरूले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

भाग्यश्रीले सलमानसँग सन् १९८९ मा आएको फिल्म ‘मेंने प्यार किया’ बाट डेब्यू गरेकी थिइन्। यो फिल्मले बक्स अफिसमा सफलता हासिल गरेको थियो। तर विवाहपछि उनी फिल्म क्षेत्रबाट टाढिइन्।

पछिल्लो समय उनी कंगना रनावतसँग फिल्म ‘थलाइवी’ र प्रभास र पूजा हेगडेसँग फिल्म ‘राधे श्याम’ मा देखिएकी थिइन्। यी बाहेक उनले मराठी, तेलुगु र कन्नड फिल्ममा पनि काम गरेकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖