• Monday 5th of October 2026

सैफमाथि भएको छुरा प्रहारबारे यसो भन्छिन् सारा


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री सारा अली खानले अभिनेता सैफ अली खानमाथि भएको छुरा प्रहारबारे कुराकानी गरेकी छन्।

उनले भारतीय सञ्चारमाध्यम एनडिटिभीसँग कुराकानी गर्दै भनेकी छन्, ‘म आभारी छु कि सबै ठिक छ। हामी सबै मानसिक स्वास्थ्यको ध्यान राख्ने कुरा गर्छौं। तर जिन्दगीप्रति आभारी हुन आवश्यक छ किनकी त्यो अवस्थालाई अनुभव गर्ने अवसर दिन्छ।’

उनले थप्दै भनिन्, ‘मलाई यस घटनाबाट थाहा भयो कि जीवन रातो-रात परिवर्तन हुन सक्छ। मैले यो सिकेकी हरेक दिन उत्सवको जसरी मनाउन आवश्यक छ र आभारी हुन आवश्यक छ।’

१६ जनवरीमा सैफमाथि मुम्बईको बान्द्रास्थित उनको घरमा छुरा प्रहार भएको थियो। ६ ठाउँमा गहिरो चोट लागेपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो। २१ जनवरीमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖