• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान


  • धनकुटा खबर
  • .

पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूमा मिसाइल प्रहार गरेको बताएका छन्।

यस दाबीमा भारतले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले सरकारी टेलिभिजनमा भने कि पाकिस्तानी सेनाले ‘जवाफ दिनेछ।’

उनले पाकिस्तानी सेनाको वायु रक्षा प्रणालीले भारतका अधिकांश क्षेप्यास्त्र खसालेको दाबी गरेका छन्।

उनले भने, ‘देशको सेना पूर्ण रूपमा तयार’ छ।’

पाकिस्तानले निशाना बनाएको दाबी गरेका सैन्य विमानस्थलमध्ये एक रावलपिंडीमा रहेको नुर खान पनि हो, जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर टाढा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖