• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्प इरान माथी हमला गर्ने कि नगर्ने बारेमा सोचिराखेका छन्ः न्युयोर्क टाइम्स


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा बिचार गरिरहेको जनाइएको छ ।

न्युयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले ले इरानसँगको द्वन्द्वमा फोर्डोमा रहेको इरानी आणविक संवर्धन केन्द्रमा बम बिष्फोट गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका हुन् ।

 

द टाइम्सका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ‘बंकर बस्टर’ बम अमेरिकी बी–२ बमवर्षकहरू प्रयोग गरेर म्यासिभ अर्डनेन्स पेनिट्रेटरको प्रयोग गरेर मात्र इरानको सो भुमीगत स्थलमा पुग्न सकिन्छ । 

‘यदि उनले अगाडि बढ्ने निर्णय गरे भने संयुक्त राज्य अमेरिका मध्य पूर्वमा नयाँ द्वन्द्वमा प्रत्यक्ष सहभागी बन्नेछ, इरानसँग ठ्याक्कै त्यस्तो युद्धमा लिनेछ, जुन ट्रम्पले दुईवटा अभियानहरूमा इरानमा हमला नगर्ने प्रतिबद्दता पनि तोडिनेछ,’ पत्रकार डेभिड ई सेङ्गर र जोनाथन स्वान लेख्छन्।

 

उल्लेखनीय रूपमा यो समाचार विश्लेषण मात्रै हो, यो समाचार भने होइन् भनेर न्युयाेर्क टाइम्सले प्रस्ट पारेकाे छ ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖