• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आयो


  • धनकुटा खबर
  • .

दोहा। मध्यपूर्वमा बढेको तनावसँगै कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि अस्थायी रूपमा बन्द गरिएको कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको हो।

इरानले मिसाइल प्रहार गरेपछि उत्पन्न भएको असुरक्षाका कारण कतारले आफ्नो हवाई क्षेत्र सावधानी अपनाउँदै बन्द गरेको थियो । प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशको हवाई क्षेत्रको अवस्था सामान्य भइसकेको छ र उडानहरू पुनः सुरु भएका छन् ।’

हवाई यातायात पुनः सुरु भएसँगै विभिन्न गन्तव्यका लागि रोकिएका उडानहरू नियमित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖