• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इन्डोनेसियामा ३ भारतीय ड्र’ग्स कारोबारीलाई मृ’त्युद’ण्डको सजायँ


  • धनकुटा खबर
  • .

जाकार्ता, ३० असार ।  इन्डोनेसियाको उच्च अदालतले लागुऔषध तस्करीको आरोपमा तीन भारतीय नागरिकलाई मृत्युदण्डको सजायँ सुनाएको छ । 

 

यसरी मृत्यु दण्डको भागी हुने भारतीय नागरिकहरूमा  राजु मुथुकुमारन, सेल्वादुराई दिनाकरण र गोविन्दसामी विमलकन्दन रहेका छन ।

यो निर्णय गत २० जुन २०२५ मा दिइएको थियो, त्यसपछि भारतीय पक्षले यस विषयमा आपत्ति जनाउँदै सजायँ रोक्नका लागि पहल गरिरहेको छ । 

इन्डोनेसियाका लागि भारतीय राजदूत सन्दीप चक्रवर्तीले एक आधिकारिक विज्ञप्तिमा भनेका छन, ‘हामी इन्डोनेसियाको न्याय प्रणालीमा विश्वस्त छौं, तर यस मामलामा प्रमाणहरू पूर्ण रूपमा अनुसन्धान गरिएको छैन, मृत्युदण्ड ‘रेरेस्ट’ मुद्दामा मात्रै दिनुपर्छ।’

इन्डोनेसियाको रियाउ टापु नजिकै १४ जुलाई २०२४ मा तीन जना भारतीयहरूलाई पक्राउ गरिएको थियो। तान्जुङ बलाई करीमुन जिल्ला अदालतले यसअघि उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो, जसलाई अहिले उच्च अदालतले पनि सदर गरेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖