• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जन्ती बस दुर्घटना हुँदा १९ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । नाइजेरियामा जन्ती बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती बस’ नदीमा खस्दा कम्तीमा १९ जना महिला र बालबालिकाको मृत्यु भएको युनियनका एक अधिकारी र बासिन्दाले आइतबार जानकारी दिएका छन्।
शनिवार साँझ आंशिक रूपमा भत्किएको पुलमा चालकले बस रोकेको तर पछि बस गुडेर नदीमा खसेका यातायात सञ्चालक युनियनका एक अधिकारी अबुबाकर मोहम्मदले बताएका छन्।

जन्ती बस विवाहपछि दुलहीलाई लिएर बेहुलाको घरतर्फ गइरहेको थियो । “जाम्फारा राज्यको फास गाउँ नजिकै पुल भत्किएको स्थानमा रोके पछि दुर्घटना भएकोले चालकले ‘ह्यान्ड ब्रेक’ प्रयोग गर्न बिर्सेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ,” मोहम्मदले भने।

उक्त बस छिमेकी राज्य केब्बी राज्यको जेगातर्फ जाँदै थियो । फासका बासिन्दाहरूले बसमा सवार सबै महिला र बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्। नाइजेरियामा कमजोर सडक संरचना र चालकको लापर्बाहीका कारण बारम्बार सडक दुर्घटनाहरू हुने गरेका छन्। संघीय सडक सुरक्षा कार्यालयको तथ्यांकअनुसार नायजेरियामा गत वर्ष भएका नौ हजार ५७० दुर्घटनाहरूमा पाँच हजार ४२१ को मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖