• Wednesday 21st of October 2026

केही दिन फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न अनुरोध गरेका छन्।

मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अहिले आफू मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त रहेको जानकारी गराउँदै फोन र मेसेज नगर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ‘अनुरोध- अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौँ कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु।

त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖