काठमाडौ । सरकारले खर्च घटाउन अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार अब राष्ट्र वा सरकार प्रमुखको नेतृत्वमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा बढीमा १० जना र अन्य सरकारी स्रोतमा हुने भ्रमणमा बढीमा ३ जना मात्र सहभागी हुन पाउनेछन्।