• Wednesday 21st of October 2026

५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चाबारे अर्थमन्त्री यसो भन्छन्…


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभावबारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जिएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको भन्दै क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पारे ।

प्रदेश संरचना राजनीतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖