• Wednesday 21st of October 2026

मेयर साम्पाङले मन्त्री खरेलको वाईफाई वितरण गर्ने निर्णयलाई “हावामा गरिएको लोकप्रिय निर्णय” भन्दै गरे आलोचना


  • धनकुटा खबर
  • .

धरान उपमहानगरका मेयर हर्क साम्पाङले सञ्चारमन्त्री जगदीश खरेलप्रति आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर साम्पाङले मन्त्री खरेलले वाईफाई वितरण गर्ने निर्णयलाई “हावामा गरिएको लोकप्रिय निर्णय” भन्दै आलोचना गरेका हुन्।

उनको भनाइमा सरकारको प्राथमिकता देशभर वाईफाई वितरण गर्नेभन्दा पनि विद्यमान सरकारी सञ्चार प्रणालीलाई दुरुस्त बनाउनेतर्फ हुनुपर्ने हो।

साम्पाङले लेखेका छन्, “सूचना तथा सञ्चार मन्त्रीले वाईफाई वितरण गर्ने निर्णय होइन, हाम्रो सरकारी सञ्चार प्रणालीको सर्भर द्रुत र विश्वसनीय बनाउनुपर्छ। अहिले सरकारी सिस्टम चौपट छ, तर मन्त्रीजी भने हावामा लोकप्रिय निर्णय गर्दै हिँड्नुभएको छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖