• Wednesday 21st of October 2026

बालेनको प्रधानमन्त्रीसँग प्रश्न : जेनजीमाथि गोली चलाउनेहरू किन पक्राउ परेनन्?


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

भेटमा उनले जेनजी आन्दोलनमाथि भएको दमन र गोली चलाउनेहरूमाथि कारबाही नभएको भन्दै असन्तुष्टि जनाए। बालेनले प्रश्न गरे, “सरकार गठन भएको यति दिन भइसक्यो, गोली चलाउने र आदेश दिनेहरू कहाँ छन्? उनीहरूलाई किन पक्राउ गरिएन?”

प्रधानमन्त्री कार्कीले यो विषयमा गम्भीर रहेको र अत्याचार गर्नेलाई उन्मुक्ति नदिने जवाफ दिएकी छन्। भेट करिब ३० मिनेट चलेको स्रोतले जनाएको छ। बालेनले जेनजी आन्दोलनलाई समर्थन गर्दै आएका छन् र अन्तरिम सरकार गठनमा पनि उनको भूमिका महत्वपूर्ण थियो।

सरकारले जेनजी आन्दोलनको दमनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ, तर आयोगले अझै कार्यभार सम्हाल्न सकेको छैन। भदौ २३ को प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖