• Wednesday 21st of October 2026

अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

अहिले संसद नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा कामकारबाही अघि बढाउनुपर्ने बाध्यता छ । सोहीअनुसार अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖