काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारले सांसद सँगै राजनीतिक पदाधिकारीहरुको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेसँगै ६ पूर्वप्रधानमन्त्रीसहित १ जना पूर्वराष्ट्रपतिको स्वकीय सचिवको सुविधा खारेज हुने भएको छ ।
सरकारको पछिल्लो निर्णयले हाल सुविधा पाइरहेका राजनीतिक पदाधिकारीहरू प्रभावित हुने देखिएका छन्।
अर्थात् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ुप्रचण्डु, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायतका स्वकीय सचिवको सुविधा खारेज हुने देखिएको छ।
त्यस्तै प्रथम राष्ट्रपति रामवरण यादवले पाउँदै आएको सेवा सुविधा खारेज हुने देखिएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने केही समयअघि राजनीतिमा फर्कने निर्णयसँगै सचिवालय सुविधा नलिने जानकारी गृह मन्त्रालयलाई दिएकी थिइन्।
