काठमाडौ । शेरबहादुर देउवाको घरमा जलेको पैसाबारे रिपोर्टिङ गरेका पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ ।
जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेरपछि शेरबहादुर देउवा र आरजु राणा देउवाको घरमा जलेको पैसाबारे रिपोर्टिङ गरेका सिधाकुरा डटकमका पत्रकार नवीन ढुङ्गानालाई ज्यान मार्ने धम्की आएको छ ।
फेसबुक म्यासेज मार्फत नवीनलाई सानू भाई नाम गरेका कांग्रेसका गुण्डाले देउवाको घरमा जेलेको पैसाबारे बनाएको भिडियो डिलिट नगरे २ दिनभित्र ज्यान मार्ने धम्की दिएका छन् ।
सानू नाम गरेका व्यक्तिले शेरबहादुर आफ्नो काका भएको र उक्त भिडियो फेक भएको बताएर डिलिट नगरे २ दिनभित्र मार्ने धम्की दिएका छन् ।
