काठमाडौँ – सुशीला कार्की नेतृत्वको सरकारले जेन–जी आन्दोलनपछि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा परेका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डका नाम वाचलिस्टमा रहेका छन्।
यो कदम जेन–जी आन्दोलन दमनमा संलग्न कार्यकारी नेतृत्व र अनुसन्धानको दायरामा रहेका नेताहरूको गतिविधि नियन्त्रित गर्न उठाइएको बताइएको छ। हालसम्म कुनै नेताको राहदानी रोक्का भएको छैन, तर सम्बन्धित विभागहरूले मुचुल्का उठाइसकेको र सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढाएको छ।
नेपालको राहदानी ऐन २०७६ अनुसार, अनुसन्धान चलिरहेको अवस्थामा अथवा न्यायालय आदेश आएमा सरकार राहदानी रोक्का गर्न सक्ने व्यवस्था छ।
