• Wednesday 21st of October 2026

मन्त्रिपरिषद् निर्णय विपरीत आफ्नै खर्चमा ३९ जनालाई ग्वान्झाउ घुमाउँदै निगम


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनाको डफ्फा बोकेर चीनको ग्वान्झाउमा पहिलो उडान गर्ने भएको छ ।

आज बिहीबार राति १० बजे हुने उद्घाटन उडानमा निगमले पर्यटन मन्त्रालयका सचिव, सहसचिव, निगमका सञ्चालक तथा पदाधिकारी, विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकार, पत्रकार तथा प्रभावशाली व्यक्ति भन्दै क्याप्टेन विजय लामासम्मलाई ग्वान्झाउ भ्रमण गराउने भएको हो । क्याबिन क्रुबाहेक ८ जनालाई सांस्कृतिक कार्यक्रममा सहभागी गराउने भन्दै लान लागिएको छ ।

निगमले ग्वान्झाउ लैजाने टोलीले चार दिनसम्म चीन भ्रमण गराउने छ । उनीहरू २९ तारिखमा नेपाल फर्कनेछन् ।

सुशीला कार्की मन्त्रिपरिषद्ले ५ असोजमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा खर्च कटौती सम्बन्धमा गरेको निर्णयमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्था बाहेक विदेश भ्रमणमा रोक लगाउने भन्ने उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖