काठमाडौ । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दीपक खड्काको सम्पत्तिमाथि औपचारिक अनुसन्धान सुरु गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घर आगजनीपछि संकलित पैसाका टुक्रा, खरानी र भिडियो प्रमाण नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको छ।
आरजु राणामाथि सार्वजनिक पदको दुरुपयोग र गैरकानूनी सम्पत्ति आर्जन गरेको, दीपक खड्कामाथि मन्त्री पदमा रहेर स्वार्थ जोडिएको काम गरेको, र देउवा परिवारमाथि विगतका अनेकौं अनियमिततामा संलग्न भएको आरोप लाग्दै आएको छ।
यदि प्रमाणले गैरकानूनी सम्पत्ति आर्जन पुष्टि गर्यो भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत उनीहरूलाई भ्रष्टाचारको मुद्दा चल्न सक्ने प्रावधान छ।
