• Wednesday 21st of October 2026

जेनजी विद्रोहको कारक माओवादी हो:सुदन किराती


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किरातीले जेन जी विद्रोहको मूल कारक माओवादी नै भएको बताएका छन् ।

प्रज्ञामा जारी केन्द्रीय कमिटी बैठकको पहिलो दिन आज आफ्नो भनाइ राख्दै क्रममा किरातीले नेताहरू लोभी र स्वार्थी बन्न थालेपछि जनता निराश बनेको बताए ।

आत्म स्वीकार गरौं । कांग्रेस र एमालेले गरेको भ्रष्टाचारको विरोधमा जनयुद्ध गरेका थियौं । हाम्रो व्यवहारले हामीलाई पनि उस्तै देखेर जनता निराश भए’, किरातीले भने, ‘ नेताले जब मृत्युको प्रवाह गरेनन् त्यो बेला पार्टी बलियो भयो । जब नेतृत्वले जीवनको लोभ गर्न थाल्यो पार्टी कमजोर हुँदै गयो । नेताले परिवार, पैसा र सुन, धनको पछि मरिहत्ते गरेर लाग्न लागे । हामी कमजोरी यसरी भयौ ।’

यथास्थितिमा पार्टि नचल्ने भन्दै उनले निर्देशक कमिटी बनाएर सबै पदाधिकारीले राजीनामा गर्नुपर्ने, स्थायी समितिको सिनियर नेतालाई संयोजक बनाउनुपर्ने, अधिवेशनबाट नेतृत्व छाड्ने पूर्ण ग्यारेन्टी गरेर अघि बढ्नुपर्ने उनको प्रस्ताव थियो ।

नेकपा एससँगको पार्टी एकता हानिकारक भएको भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । माधव नेपालमाथिको भ्रष्टाचार मुद्दा हुँदाहुँदै एकता गरेर जनतामाझ जान नसकिने उनको जिकिर थियो ।

किराँतीले भने, ‘नेकपा एससँगको एकता हानिकारक हुन्छ । किनकी जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्धमा हो । हाम्रो पार्टीले पनि उठाउँदै आएको सुशासनको कुरा नै हो । समाजवादीको मुख्य नेतालाई भ्रष्टाचारसँगसम्बन्धी मुद्दा छानबिन भइरहेको हुनाले उहाँको मुद्दा किनारा लागेपछि मात्र एकता गर्नुपर्छ अन्यथा जनतामा जान सकिँदैन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖