• Wednesday 21st of October 2026

पुराना दलका शीर्ष नेतामाथि पासपोर्ट रोक्कादेखि पक्राउसम्मको प्रक्रिया अघि बढ्न सक्ने :गृहमन्त्री


  • धनकुटा खबर
  • .

गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलन दमनमा संलग्न पुराना दलका शीर्ष नेतामाथि पासपोर्ट रोक्कादेखि पक्राउसम्मको प्रक्रिया अघि बढ्न सक्ने संकेत गरेका छन्।

आज मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राज्यका अनुसन्धान निकाय सक्रिय भइसकेको जानकारी दिए। “कानूनमा सबै कुरा स्पष्ट छ। अनुसन्धान गर्ने निकायले आवश्यक देखे अनुसार पासपोर्ट रोक्का गर्ने मात्र होइन, पक्राउ गर्ने र बयान लिने समेत प्रक्रिया अघि बढ्छ,” अर्यालले चेतावनी दिए।

उनले सरकारद्वारा गठित न्यायिक आयोगले तथ्य पत्ता लगाएपछि त्यसका आधारमा कडा कदम चालिने स्पष्ट पारे। “आयोग निस्पक्षरूपमा काम गर्छ। के तथ्य देखिन्छ, त्यसको आधारमा अघि बढ्ने हो। अघि बढेपछि पछाडि फर्किनु पर्दैन,” उनले भने।

अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको सन्देशलाई उद्धृत गर्दै सुशासन र भ्रष्टाचारविरुद्ध सरकार दृढ रहेको दोहोर्याए। “खुट्टा टेकेन भने जेनजीहरूले प्रश्न उठाइहाल्छन् नि,” उनले टिप्पणी गरे।

उनका अनुसार तत्कालीन सरकारका प्रमुख नेतासमेत छानबिनको दायरामा पर्नेछन्। “कसको संलग्नता छ भन्ने आयोगले बताउँछ। त्यसपछि कारबाही हुन्छ,” उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖