• Wednesday 21st of October 2026

अर्को पासपोर्ट बनाएर थाइल्याण्ड उड्ने तयारी लिक भएपछि देउवा र आरजुलाई रोक्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौ । नयाँ युवा पुस्ता (जेन–जी) आन्दोलनपछि हतार हतार राहदानी बनाएर थाएइल्याण्डको भिसा समेत लगाइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणालाई सरकारले रोक्ने तयारी गरेको खुलासा भएको छ ।

आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणबाट घाइते भएका दुवै जना अहिले सैनिक अस्पतालमा उपचार गरिरहेका छन् । उपचारकै क्रममा उनीहरुले नयाँ राहदानी बनाइसकेको र थाइल्याण्डको भिसा समेत लगाइसकेको खुलेको हो ।

उनीहरुले असोज ३ मा नयाँ राहदानी (पासपोर्ट) निकालेको र भिसा आवेदन गरी स्वीकृत समेत भइसकेको थाहा पाएपछि रोक्ने तयारीमा सरकार लागेको स्रोतको भनाई छ ।

आन्दोलनका क्रममा दुवै जनाको राहदानी डढेपछि नयाँ बनाउन उनीहरु बाध्य भएका हुन् । उपचारका लागि आफूहरु थाइल्याण्ड जान लागेको देउवा दम्पत्तिले दावी गरेको छ । तर उपचारपछि उनीहरु अहिले सामान्य अवस्थामा फर्किसकेपछि उपचारकै लागि जाने कुराबाट सरकार सशंकित भएको देखिएको छ । उनीहरु भाग्नसक्ने भन्दै सरकारले सुरक्षा संयन्त्रणलाई सतर्क गराएको स्रोतको भनाई छ ।

आन्दोलनका क्रममा देउवा सम्पत्तिको घरमा अर्बौं रुपियाँको नेपाली र विदेशी अवैध रकम फेला परेपछि अहिले राज्यका विभिन्न निकायले त्यसको अनुसन्धान गरिरहेको छ । यस्तो परिस्थितिमा उनीहरुलाई विदेश भाग्न दिन नहुने भन्दै सरकारले राहदानी रोक्का नगर्ने तयारी गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖