• Thursday 22nd of October 2026

जेनजी बिरुद्द गोली: सुरुमा फिल्डमा खटिएका प्रहरी,त्यसपछि आदेश दिनेलाई आयोगले बयानका लागि बोलाउने


  • धनकुटा खबर
  • .

काठमाडौ । जेन–जी आन्दोलनका घटनामा संलग्न देखिएकाको पासपोर्ट रोक्का र विदेश भ्रमणमा रोक लगाइने उच्चस्तरीय न्यायिक छानबिन आयोगले जनाएको छ।

अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार प्राथमिक प्रमाणका आधारमा मुद्दा दायर गरेर दोषीलाई कारबाही सिफारिस गरिनेछ।

यसअघिका मल्लिक र रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन नभएको उल्लेख गर्दै कार्कीले यसपटक प्रतिवेदन न गोप्य राखिने न shelve मा थन्किने दाबी गरे। उनले सरकार र सत्ता गठबन्धनका नेतासहित सबैलाई अनुसन्धानमा ल्याइने प्रष्ट पारे।

कार्कीले कुनै पनि व्यक्ति अनुसन्धानबाट बाहिर नरहने र पूर्वाग्रहविना निष्पक्ष ढंगले छानबिन हुने बताए। आयोगले जल तथा मौसम विभागमा कार्यालय खोलेर काम सुरु गरिसकेको र दसैंपछि छानबिनलाई तीव्रता दिइने जानकारी पनि दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖