• Wednesday 21st of October 2026

अध्यक्ष ‘प्रचण्ड’माथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको छ। पार्टीभित्रै वरिष्ठ नेताहरूले लामो समयदेखि एउटै नेतृत्व रहँदा नकारात्मक प्रभाव परेको भन्दै पद छोड्न सुझाव दिएका छन्।

तर केन्द्रीय समितिमा प्रचण्डले भने, आफू जिम्मेवारीबाट पन्छिने वा पलायन गर्ने स्वभावको नभएको स्पष्ट गरे। उनका अनुसार, नेतृत्व अध्यक्ष पदमै सीमित छैन, तर नेतृत्व हस्तान्तरण भने निश्चित विधि र प्रक्रियाबाट हुनुपर्नेछ।

प्रचण्डले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै २०४६ सालको जनआन्दोलनदेखि जनयुद्ध, शान्ति सम्झौता र संविधान निर्माणसम्मको भूमिकालाई औंल्याए। उनले भने, “पद लोभ मेरो स्वभाव होइन, जिम्मेवारी आएपछि मैले बोकेको हुँ।”

यद्यपि, पार्टीभित्र अन्य नेताहरूको जीवनशैली र कार्यशैलीमाथि समेत प्रश्न उठेको भन्दै उनले केवल आफूलाई मात्रै निशाना बनाउन खोजिएकोप्रति असन्तुष्टि जनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖