काठमाडौं। नेपाली सेनाले ५ जना पुर्व प्रधानसेनापतिसँग समसामयिक विषयमा छलफल गरेको छ ।
नेपाली सेनाको हेडक्वार्टरमा सेनाले पाँच जना पूर्वप्रधानसेनापतिहरू प्रज्वलशमशेर राणा, प्यारजङ्ग थापा, गौरवशमशेर राणा, पूर्णचन्द्र थापा र प्रभूराम शर्मासँग असोजको पहिलो हप्ता छलफल गरेको हो ।
छलफलमा अहिलेको वर्तमान राजनीतिमा विकसित घटनाक्रमबारे कुराकानी भएको सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।
