नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन्। प्रहरीले बुधबार सानेपाबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीका अनुसार सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गरिएका शर्मा केही समयअघि नख्खु कारागारबाट भागेका थिए।
पुनः पक्राउ गरेलगत्तै बुधबारकै दिन उनलाई नख्खु कारागारमा बुझाइएको छ।
सहकारी ठगीसम्बन्धी मुद्दामा पक्राउ परेका शर्मामाथि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
