काठमाडौं । विद्युत विकास विभागको महानिर्देशक पदमा मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् ।
विभागको महानिर्देशक महिला बनेको यो पहिलोपटक हो ।
यसअघि विभागको महानिर्देशक जीवछ मण्डल थिए ।
मन्त्रीस्तरको निर्णयबाट मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेर मनदेवीलाई विभागको महानिर्देशक बनाइएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिड.को सचिवालयले जनाएको छ ।
