• Wednesday 21st of October 2026

मन्त्री कुलमानको एक्सन : २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारी र ठेकेदार दुवैमाथि कारबाही


  • धनकुटा खबर
  • .

वर्षौँदेखि सडक र पुल बनाउन ठेक्का लिएर पनि काम नगरेका २३४ वटा ठेक्का सरकारले तोड्ने भएको छ।

“सडक निर्माणका लागि राज्यले हरेक वर्ष अबौं रकम खर्च गरिरहेको छ तर नागरिकले यसको लाभ लिन सकेका छैनन्,” उनले भने, “ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अब सह्य हुँदैन। ठेक्का बिगार्न संलग्न कर्मचारी र ठेकेदार दुवैलाई कारबाही हुन्छ।”

उनले कम रकम कबोल गरी ठेक्का लिने, परिचालन पेश्की लिएर अन्यत्र लगानी गर्ने तर काम नगर्ने प्रवृत्ति अन्त्य हुने बताए।

“जोसुकै ठेकेदार भए पनि कसैको दबाब वा प्रलोभनमा नपरी ठेक्का तोड्नुस्, म तपाईंलाई पूर्ण संरक्षण दिन्छु,” मन्त्री घिसिङले निर्देशन दिए।

कुन क्षेत्रमा कति ठेक्का अलपत्र?

दमक : ३८ वटा
काठमाडौं : ७५ वटा
पोखरा : ३९ वटा
सुर्खेत : ४९ वटा
हुलाकी राजमार्ग : १६ वटा
मध्यपहाडी लोकमार्ग : १७ वटा

जम्मा : २३४ ठेक्का तोडिने पक्का।

कारबाही कसलाई हुन्छ?

काम नगर्ने निर्माण व्यवसायी / ठेकेदारलाई !

निर्णय ढिलो गरी वा इमानदारीपूर्वक काम नगरी ठेक्का बिगार्ने तत्कालीन र हालका कर्मचारीलाई

यसका लागि विशेष छानबिन समिति बनाइने भएको छ।

कुन ठेक्का ‘काम नगरेको’ मानिन्छ?

सम्झौतामा तोकिएको समयभन्दा धेरै म्याद थपेर पनि ५०% भन्दा कम काम भएको।

दुई/तीन गुणा समय थपेर पनि काम ८०% भन्दा कम प्रगति भएको।

चार गुणा समय थप्दा पनि काम अझै सकिन बाँकी रहेको।

सम्झौता रकम २ करोडभन्दा बढी हुने ठेक्का।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖