• Wednesday 21st of October 2026

कुलमानले हटाए आफुलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएका सहसचिव मण्डललाई विद्युत विकास विभागको महानिर्देशक पदबाट


  • धनकुटा खबर
  • .

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक हुँदा कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएका सहसचिव जीवछ मण्डललाई विद्युत विकास विभागको महानिर्देशक पदबाट हटाएका छन्।

करीब डेढ महिनाअघि मात्र तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काले मण्डललाई मन्त्रालयबाट सरुवा गरी विद्युत विकास विभागको महानिर्देशक बनाएका थिए। तर, घिसिङ मन्त्री बनेलगत्तै उच्च तहका कर्मचारीहरूको सरुवा र खटनपटन सुरु गर्दै मण्डललाई मन्त्रालयमै फिर्ता बोलाएका हुन्।

मण्डलको स्थानमा मनदेवी श्रेष्ठलाई विभागको महानिर्देशक नियुक्त गरिएको छ। श्रेष्ठ विद्युत विकास विभागको इतिहासमै पहिलो महिला महानिर्देशक बनेकी छिन्।

घिसिङले यसअघि पनि मन्त्रालयमा कर्मचारी सरुवा गर्ने निर्णयहरू रद्द गर्दै, प्राधिकरणदेखि विभागसम्म ठूला फेरबदल गरेका छन्। उनका पछिल्ला निर्णयलाई अघिल्लो विवादासँग जोडेर ‘टिट फर ट्याट’ शैलीको कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖