• Wednesday 21st of October 2026

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली तत्काल लागू गर्ने अवस्था नभएको :मन्त्री पुन


  • धनकुटा खबर
  • .

काठमाडौ । शिक्षामन्त्री महावीर पुनले जेनजी आन्दोलनको मागअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली तत्काल लागू गर्ने अवस्था नभएको बताएका छन्।

घाइते भेट्न अस्पताल पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै “अहिले सकिँदैन भन्ने कुरा छ, तर परिस्थिति परिवर्तन हुनसक्छ” भने।

पुनका अनुसार सरकारले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गरेको सम्बोधनअनुसार युवाको माग सम्बोधन गर्नेछ।

साथै, घाइतेको स्वास्थ्य सुधार भइरहेको भन्दै शिक्षा चिन्ता नगर्न आग्रह गर्दै उनले तत्कालीन सरकारका दोषीहरूमाथि कारबाहीका लागि आयोग गठन भइसकेको जानकारी पनि दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖