• Wednesday 21st of October 2026

देउवा दम्पत्तिलाई संविधान दिवसकै दिन रातो पासपोर्ट दिइएको तथ्य आयो बाहिर


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी सांसद आरजु राणालाई संविधान दिवसकै दिन (असोज ३ गते) रातो पासपोर्ट दिइएको तथ्य बाहिर आएको छ।

सार्वजनिक बिदाको दिनै पासपोर्ट वितरण भएको खुलासा भएपछि यस विषयमा विवाद चुलिएको छ।

जेनजी आन्दोलनमा घाइते भएर उपचाररत देउवा दम्पतीलाई पासपोर्ट विभागका एक कर्मचारीले बेडमै पुगेर कूटनीतिक राहदानी दिएको पुष्टि भएको छ। तर सार्वजनिक बिदाको दिन कसरी र किन पासपोर्ट जारी गरियो भन्ने प्रश्नमा परराष्ट्र मन्त्रालय र राहदानी विभागले आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

विभागका एक कर्मचारीले मोबाइल किटमार्फत पासपोर्ट दिएको बताइएको छ। सो कर्मचारी देउवा दम्पतीसँग निकट रहेको दाबी गरिएको छ।

संविधान दिवसमै दिइएको पासपोर्ट प्रकरण अहिले छानबिनको मागसहित विवादित बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖