• Wednesday 21st of October 2026

सुमनाको प्रश्न -तपाईंहरू देश बनाउन आएको हो कि वैकल्पिक शेरबहादुर वा वैकल्पिक केपी बन्न?


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी पूर्वसांसद सुमना श्रेष्ठले आफूविरुद्ध पार्टीभित्रैबाट झुठा प्रचार गरिएको आरोप लगाएकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले तीन ठूला दललाई चोर औँला देखाउने नेताहरू बाँकी चार औँला आफ्नैतर्फ फर्किएको नबुझ्ने व्यवहार गरेको टिप्पणी गरिन्।

श्रेष्ठले पार्टीमा अवसरवाद र व्यक्तिवाद हाबी भएको बताउँदै, “क्षणिक लोकप्रियता र केही गालीबाट बच्न चुप लाग्नु दास मानसिकता हो, तर त्यस्तो प्रवृत्तिविरुद्ध बोल्नु कायरता होइन” भनेकी छिन्।

जेनजी आन्दोलनको सन्दर्भमा उनले सहिद र घाइतेको बलिदानलाई ओझेलमा पार्दै नेताहरूले आन्दोलनलाई आफ्नै स्वार्थमा प्रयोग गरेको आरोप लगाइन्।

वैकल्पिक राजनीति गर्नेहरूको नियतमाथि प्रश्न उठाउँदै उनले भनेकी छिन्, “तपाईंहरू देश बनाउन आएको हो कि वैकल्पिक शेरबहादुर वा वैकल्पिक केपी बन्न?”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖