-शिक्षामन्त्री महावीर पुनले मन्त्रालयको ढोका खुला राखेर सल्लाह–सुझाव लिने प्रथा सुरु गरेका छन्।
-भेट्न आउनेलाई खादा वा माला नल्याउन आग्रह गर्दै, समस्या र सुझाव मात्रै दिन अनुरोध।
-आफूलाई ‘माननीय’ नभन्न आग्रह, साधारण जीवनशैलीमा मन्त्रालयमै बस्दै दैनिक १८ घण्टा काम गर्ने प्रतिबद्धता।
-सीटीईभीटीको सुधार, नयाँ पाठ्यक्रम तथा विज्ञान–प्रविधिसम्बन्धी पाँच योजना अघि सारेका छन्।
