राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार पूर्वसांसदहरूले सकेसम्म चाँडो पासपोर्ट र परिचयपत्र फिर्ता गर्नुपर्ने जनाएको हो।
जेनजी आन्दोलनपछि रास्वपाका सांसदहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका थिए। त्यसपछि पूर्वसांसदलाई सांसदको हैसियतमा प्रयोग हुने परिचयपत्र तथा कूटनीतिक पासपोर्ट बुझाउन आग्रह गरिएको हो।
यस्तै, पार्टीले हालको शोकपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि चाडपर्व सम्बन्धित कार्यक्रममा झण्डा वा ब्यानर प्रयोग नगर्न पनि निर्देशन दिएको छ। रास्वपाले ७५ जनाको ज्यान गएको आन्दोलनलाई स्मरण गर्दै राष्ट्रिय शोकको घडीमा औपचारिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको छ।
