• Wednesday 21st of October 2026

सुदनले फेसबुकमा तस्विरसहितको स्टाटस लेख्दै महेश बस्नेतलाई दिए यस्तो चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौ । जेन–जी आन्दोलनका अगुवा र हामी नेपालका संयोजक सुदन गुरुङले आफू कुनै पनि पार्टी (एमाले वा बाम) सँग नभएको स्पष्ट पारेका छन्।

उनले फेसबुकमा तस्विरसहितको स्टाटस लेख्दै महेश बस्नेतलाई अब आफू उनको पछाडि आउँदै गरेको चेतावनी दिएका छन्।

गुरुङले आन्दोलनमा सहभागी युवाहरुको रगतलाई अपमान गर्न नहुने भन्दै प्रश्न उठाएका छन्। यसअघि उनले हिंसात्मक गतिविधिले आन्दोलनको उद्देश्य ओझेलमा पार्ने भन्दै घरमा आक्रमणजस्ता कार्य नगर्न सचेत गराएका थिए।

उनको भनाइमा, आन्दोलन घृणाभन्दा आशा र निर्माणतर्फ केन्द्रित हुनुपर्ने हो। उनले भनेका छन्, “हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन।

जेनजीले क्रोध होइन, बुद्धिमताले नेतृत्व गर्नसक्छ भनेर सम्पूर्ण देशलाई देखाऔं।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖