काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आज बिहान कुनै सुरक्षाकर्मी बिना जहाजमार्फत पोखरा पुगेका छन्।
उनी मन्त्रालयबाट पीएसओ समेत नलिई निस्किएका थिए।
पोखरा विमानस्थलमा सामान्य ट्याक्सी चढेर घर पुगेका मन्त्री पुनले सरकारी कामबाहेक अन्य बेला सवारी र सुरक्षा नलिने घोषणा पहिले नै गरेका थिए।u
