• Wednesday 21st of October 2026

आरजुको बाबुआमा बस्ने घरमा समेत सीआईबीको छापा


  • धनकुटा खबर
  • .

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेस नेतृ आरजु राणा देउवाका बाबुआमा बस्ने घरमा समेत छापा हानेको छ ।

आइतबार साँझ आरजुका भाइ भूषणको घरमा छापा हानेकोमा लगत्तै उनका बुवाआमा बस्ने घरमा पनि छापा हानेको सीआईबी स्रोतको भनाइ छ ।

दुबै घर ललितपुरको जावलाखेलमा रहेको बताइएको छ ।

खानतलासी गरेर प्रहरीले केही कागजात नियन्त्रणमा लिएको छ कि छैन भन्नेबारे खुलाएको छैन ।

नक्कली शरणार्थी प्रकरणदेखि अन्य डिलमा आरजुले भाइलाई मध्यस्तकर्ताको भूमिकामा राखेको सीआईबीको आशंका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖