• Wednesday 21st of October 2026

जाँचबुझ आयोग गठनपूर्व नै निश्चित धारणा बनाएको तथ्य सही हो भने अध्यक्ष कार्कीले राजीनामा दिनुपर्छ : टिकाराम भट्टराई


  • धनकुटा खबर
  • .

काठमाडौं । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले भदौ २३ र २४ गतेको घट्नासम्बन्धी गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोग गठनअघि नै निश्चित् धारणा बनाएको तथ्य सही हो भने पदबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । भट्टराईले अब कार्कीको रिपोर्टमा जेसुकै लेखिएपनि त्यो विवादित हुने देखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत भट्टराईले आफूले त्यो क्रुर हत्या र नियोजित आगजनीको निष्पक्ष छानबिन भएर जिम्मेवार व्यक्तिलाई कारबाही हुनुपर्छ भन्ने चाहेको पनि स्मरण गराएका छन् । उनले लेखेका छन्-

गौरी ब कार्कीले आयोग गठन पुर्व नै निश्चित धारणा बनाएको भनी सार्बजनिक तथ्य यदि सहि हो भने उहाँले तत्काल राजिनामा गर्नु पर्छ। उहाँको रिपोर्टमा जे सुकै लेखिए पनि त्यो बिबादित हुने देखियो ।

म त्यो क्रुर हत्या र नियोजित आगजनिको निष्पक्ष छानबिन भएर जिम्मेवार ब्यक्तिलाई कारबाही हुनु पर्दछ भन्ने चाहान्छु तसर्थ त्यो प्रतिबेदनको स्वच्छताको लागि उहाँको राजिनामा वा प्रकाशित तथ्यको प्रमाण सहितको खण्डन अबिलम्ब आउनु पर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖