• Wednesday 21st of October 2026

सरकारमा जाने प्रस्ताव आयो भने हामी तयार छौं : रक्षा बम


  • धनकुटा खबर
  • .

काठमाडौ।जेनजी आन्दोलनका प्रतिनिधि रक्षा बमले आफूहरू सरकारमा सहभागी हुन तयार रहेको बताएकी छन्।

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, “हामीले सडकमा आवाज उठाइसकेका छौं, अब जनताले चाह्यो भने सरकारमा जाने प्रस्ताव आयो भने हामी तयार छौं।”

उनका अनुसार जेनजी पुस्ताले नेतृत्व गर्ने सरकार मात्र भ्रष्टाचारविरुद्ध प्रभावकारी कदम चाल्न सक्छ। “हाम्रो उद्देश्य कुर्सी होइन, तर प्रणालीगत परिवर्तन हो,” बमले थपिन्।

हालै नेपालमा जेनजी आन्दोलनकै दबाबमा पुरानो दलीय सरकार ढलेर नागरिक सरकार गठन भएको छ। यस्तो अवस्थामा जेनजी प्रतिनिधिहरूको अभिव्यक्ति राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖