• Wednesday 21st of October 2026

धरानका मेयर हर्क साम्पाङले प्रा.डा. सुरेन्द्र केसीलाई पार्टी सल्लाहकारमा ल्याउने तयारी सार्वजनिक गरे


  • धनकुटा खबर
  • .

धरङ – धरानका मेयर हर्क साम्पाङले आफ्नो पार्टीको सल्लाहकार टोलीलाई बलियो बनाउन फेसबुकमार्फत एक महत्वपूर्ण सन्देश सार्वजनिक गरेका छन्। उनले आफ्नो स्टाटसमा लेखेका छन्, “श्रम संस्कृति पार्टीका सल्लाहकारहरु खुलेर आइदिनु होला! प्रा.डा. सुरेन्द्र केसी ज्युलाई एउटा सल्लाहकार राख्न चाहेको छु।”

साम्पाङको यो निर्णयले राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीलाई पार्टीमा सक्रिय सल्लाहकारको रूपमा देखाउने संकेत दिएको छ। उनले आफ्नो स्टाटस मार्फत अन्य सल्लाहकारहरुलाई पनि खुलेर सहभागी हुन अपिल गरेका छन्।

पार्टीभित्र सल्लाहकारको भूमिकालाई सुदृढ बनाउने प्रयासको रुपमा यस कदमलाई हेरिएको छ। राजनीतिक विश्लेषकका रूपमा प्रा.डा. केसीको अनुभव र सुझावले पार्टीको नीति निर्माण र रणनीतिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साम्पाङले यसअघि पनि पार्टीको नेतृत्व र संगठन विस्तारमा नयाँ रणनीति ल्याउने संकेत दिइसकेका छन्, र प्रा.डा. केसीको सहभागिताले यसलाई अझ सशक्त बनाउने विश्वास पार्टी भित्र र बाहिर दुवैतर्फ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖