• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

तालिबानले २ दिनमै खुलायो इन्टेरनेट सेवा, अफगान नागरिकले मनाए खुशी


  • धनकुटा खबर
  • .

काठमाडौं । तालिबान सरकारको आदेशमा दुई दिनपछि अफगानिस्तानमा इन्टरनेट र फोन सेवाहरू पुनः सुरु गरिएको छ।

बीबीसीका अनुसार, सेवाहरू पुनः सञ्चालनमा आएसँगै धेरै स्थानमा मानिसहरू सडकमा निस्किएर खुशी मनाएका छन् ।

स्थानीय पत्रकारहरूका अनुसार इन्टरनेट सेवा प्रदायकहरूले बिस्तारै इन्टरनेट सेवा सुचारू गरिरहेका छन् । इन्टरनेट निगरानी समूह नेटब्लक्सले अहिले मात्र ‘आंशिक पुनःस्थापना’ भएको जनाएको छ ।

तालिबान सरकारको एक स्रोतलाई उद्धृत गर्दै बीबीसले जनाएअनुसार, प्रधानमन्त्रीको आदेशमा इन्टरनेट पुनः सुरु गरिएको हो। इन्टरनेट सेवाको ४८ घन्टे बन्दका कारण व्यापार, उडान र आपतकालीन सेवाहरू अवरुद्ध भएका थिए।

यससँगै, तालिबान सरकारको यस निर्णयले महिला र केटीहरू अझ बढी अलग-थलग पर्न सक्ने चिन्ता पनि बढेको थियो ।

सन् २०२१ मा पुनः सत्तामा फर्किएको तालिबान सरकारले महिलाहरूका लागि धेरै कडा नियमहरू लगाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖