जेनजी आन्दोलनका क्रममा शहिद भएका युवाको सम्झनामा मैनबत्ती बाल्दै जेनजीका अगुवा सुदन गुरुङ र मिराज ढुंगाना एकै ठाउँमा उभिएका छन्। उनीहरुले आन्दोलनलाई व्यक्तिगत मुद्दा नभई सम्पूर्ण नेपालीको न्याय र भ्रष्ट्राचारविरुद्धको साझा लडाईँ भएको बताए।
सुदन गुरुङले आफूलाई व्यक्तिगत रुपमा आक्रमण गर्न सकिने तर आमाको अपमान नगर्न आग्रह गरे। उनले आन्दोलन केवल जेनजी वा कुनै एक पक्षको मात्र नभई सम्पूर्ण नेपालीको साझा मुद्दा भएको उल्लेख गर्दै भ्रष्ट्राचारविरुद्ध र अन्यायविरुद्ध सबैलाई एकताबद्ध हुनुपर्नेमा जोड दिए।
ढुंगाना र गुरुङले भ्रष्ट्राचारीलाई र जेनजी आन्दोलनका युवामाथि गोली चलाउनेलाई दण्डित नगरी छाडिने छैन भन्ने चेतावनी पनि दिए। उनीहरुले यो संघर्ष चुनाव वा सत्ताको लागि नभई न्याय र पारदर्शी प्रणाली निर्माणका लागि भएको स्पष्ट पारे।
संसद भवन अगाडि भएको घटना र त्यसपछिको जनआवाजले एकताको आवश्यकता देखाएको भन्दै दुवै नेताले अब साझा कदम चाल्दै आन्दोलनलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
