• Wednesday 21st of October 2026

कार्यकर्तालाई विपद् जोखिमविरुद्ध जुट्न प्रचण्डको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै नेता तथा कार्यकर्तालाई विपद् जोखिमविरुद्ध सक्रिय हुन निर्देशन दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले दिएको सन्देशमा मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको सम्भावना रहेको भन्दै जनतालाई आवश्यक सतर्कता र सावधानी अपनाउन अपील गरिएको छ।

प्रचण्डले तीनै तहका सरकारलाई पनि तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा जुट्न आग्रह गरेका छन्।

उनले लेखेका छन्, “हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖