• Wednesday 21st of October 2026

बाढीले डुबायो एमालेको च्यासल स्थित पार्टी कार्यालय


  • धनकुटा खबर
  • .

अविरल वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा जोखिम बढेको छ। मनोहरा खोला र बागमतीमा आएको बाढीले नेकपा एमालेको पार्टी कार्यालयसहित आसपासका बस्तीहरू जोखिममा पारेको छ।

बाढीको तीव्र बहावले पुलमा खतराको संकेत देखाएको छ भने नजिकैको अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान र केही घरहरू पनि डुबानमा परेका छन्।

करिडोर सडक डुबानमा परेर यातायात बन्द भएको छ। प्रहरीले बागमतीपुलबाट ओहोरदोहोर नगर्न माइकिङ गर्दै सर्वसाधारणलाई आवतजावत नगर्न निर्देशन दिइरहेको छ।

मनोहरा खोलामा पानीको सतह बढ्दै गएपछि एमाले कार्यालय नजिकको पक्की पुलसम्म पानी पुगेको छ, जसले सडक र वरिपरिका घरबस्तीहरू डुबानको उच्च जोखिममा राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖