• Wednesday 21st of October 2026

काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुंगाबाट रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ ।

वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू चल्न दिने निर्णय गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

तर नागढुंगाबाट रात्रिबसहरु ५ बजेभित्र बाहिरिइसक्नुपर्ने उनको भनाइ छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

साँगा हुँदै विपी राजमार्गतर्फ जाने सवारी साधन सञ्चालनमा आएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖