• Wednesday 21st of October 2026

गुण्डागर्दीमा संलग्न सानुभाइ पक्राउ, जेनजी भन्दै धम्काएपछि सुरु भएको थियो खोजी


  • धनकुटा खबर
  • .

काठमाडौं । सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङ पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिलाई धाकधम्की गरेका कारण पक्राउ गरिएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

यस अघि उनी ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेकोआरोपमा पक्राउ परेका थिए ।

नुवाकोट, ककनीका उनको वास्तविक नाम युवराज गुरुङ हो ।

पछिल्लो समय आफूलाई जेनजी भन्दै उनले केही व्यावसायिक व्यक्तिलाई धम्क्याएको सूचनापछि उनलाई प्रहरीले खोजी गरेको प्रहरी स्रोतले जनायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖