• Wednesday 21st of October 2026

जेनजी अगुवाको अभियान, ‘#ArrestKPOli’ भन्दै सामाजिक सञ्जालमा चर्कियो आवाज


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २० – भदौ २३ को जेनजी आन्दोलनमा भएको दमनका विरोधमा अब सामाजिक सञ्जालमा नयाँ अभियान सुरु भएको छ। जेनजी आन्दोलनका अगुवाहरूले ‘#ArrestKPOli’ ट्रेन्ड चलाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन्।

अभियानकी अगुवा रक्षा बमले फेसबुकमा लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीमाथि गोली दाग्नेहरूको हिसाब अब हुनैपर्छ। तानाशाही शासनले लुकाउने अपराध अब लुक्दैन।” उनले ओलीमाथि तानाशाही रवैयाको आरोप लगाउँदै “हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्” भन्दै आह्वान गरेकी छन्।

त्यस्तै, अभियन्ता युजन राजभण्डारीले पनि “हरेक गोलीको हिसाब हुनेछ” भन्दै ‘#ArrestKPOli’ अभियानमा समर्थन जनाएका छन्।

यो ट्रेन्ड छोटो समयमा फेसबुक, एक्स (ट्विटर), र टिकटकमा फैलिँदै गएको छ। धेरै प्रयोगकर्ताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेका छन्।

अभियन्ताहरूको भनाइमा, “राज्यले आफ्ना नागरिकमाथि दमन गरेको घटनाको न्याय नहुँदासम्म जेनजी आन्दोलनको आत्मा अधुरो रहन्छ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖